२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

‘हङकङ र चाइना ३’ म्युजिकल फिल्मको प्रिमियर

Nada
२०८१ असार ८ गते १८:०७
Shares
‘हङकङ र चाइना ३’ म्युजिकल फिल्मको प्रिमियर

काठमाडौं : ‘हङकङ र चाइना ३’ म्युजिकल फिल्मको प्रिमियर सम्पन्न भएको छ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा नेपाल चलचित्र विकास बोर्ड चाबहिलमा शुक्रबार विभिन्न झाँकीसहित ‘हङकङ र चाइना ३’ म्युजिकल फिल्मको प्रिमियर सम्पन्न भएको हो ।

ncell

प्रिमियरमा नाल्बो के लाङ परिवारको च्याब्रुङ नाच, धन नाचसहित पाहुनाहरुको भव्य स्वागत गरिएको थियो । फिल्मको तर्फबाट प्रमुख अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने फिल्म निर्माणमा सहयोग पुर्‍याउने प्राविधिक तथा कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा मोडल रुपा आङ्वुहाङ लिम्बूले उपस्थितहरुलाई सिलाङ साक्मा लगाइदिएर स्वागत गरेकी थिइन् । प्रिमियरमा कोशी प्रदेश सभा सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री निर्मला तावा, नायिका प्रविन पन्धाक, याक्थुङ मञ्चका अध्यक्ष सागर केरुङ, नायिका बबिता नेयोहाङ, समाजसेवी निर्मात्री तारा सेरेङ, गायिका विष्णु चेम्जोङ, चलचित्र निर्देशक उदय सुब्बा, आदिवासी चलचित्र प्रवद्र्धन समितिका अध्यक्ष ज्योतिराज राईलगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

चोकफुङ इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति ‘हङकङ चाइना ३’मा प्रेम सुब्बा, मनु नेम्वाङ, गीता पालुङ्वा, विमला इवारम, नैना कला वनेम, रत्न लावती लिङ्देन, उदय बेघालगायतको अभिनय रहेको ‘हङकङ चाइना ३’का निर्देशक लोकेन सावाँ लिम्बू हुन् ।

पालाम म्युजिकल फिल्मको शब्द गीता पालुङवा, स्वर मनु नेम्वाङ, शीव कुमार सम्बाहाङफे, संगीत संयोजन श्याम आङ्ला, ब्यागराउण्ड म्युजिक अशोक लोहरुङ राई, साउण्ड सुनयमान श्रेष्ठ, सम्पादन विकास दाहाल, निर्माता गीता पालुङ्वाको अफिसियल च्यानलले बजारमा ल्याएको ‘हङकङ र चाइना ३’ कार्यक्रमलाई सञ्चारकर्मी सम्पदा लिम्बूले सहजीकरण गरेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर