२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

सय दिने अभियानले कार्यकर्ता उत्साहितः अर्घाखाँची कांग्रेस

Nada
सूर्यप्रसाद भुसाल
२०८१ पुष ५ गते २०:०५
Shares
सय दिने अभियानले कार्यकर्ता उत्साहितः अर्घाखाँची कांग्रेस

अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीले ६१ वटा वडामा अभियानकै रुपमा संगठन निर्माणलाई तीव्रता दिएको छ । कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको गुनासो सुन्दै गाउँ अभियानलाई तीव्र पारेको हो ।

ncell

निर्वाचन क्षेत्र नं.१ र २ का ६१ वडामा अहिले कांग्रेसका जिल्ला स्तरिय नेताहरुको उपस्थितिमा कार्यक्रमहरु भइ रहेका छन् । अभियान सञ्चालन भइरहेका बेला जिल्ला कार्यसमितिको बैठक आयोजना गरी कार्यक्रमको समीक्षा गरेको छ । 

बैठकमा नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशब श्रेष्ठले गाउँ–गाउँमा गएर एकजुट भइ संगठन विस्तार एवं सुदृढीकरणमा लाग्न अगुवा कार्यकर्ताहरुलाई  निर्देशन दिएका छन् । 

सभापति श्रेष्ठले पार्टीमा आफूबाट भएका कमजोरी सच्चाउँदै अघि बढ्न अनुरोध गर्दै गाउँटोलमा पार्टी अगुवा कार्यकर्ताले गल्ती गरेको भए त्यसबारेमा जिल्ला पार्टीलाई जानकारी गराउन आग्रह गरे । सभापति श्रेष्ठले  भने,‘पार्टीमा सबै नेताहरु सानो होस् वा ठूलो आफ्ना गल्ती सच्चाउनुपर्छ ।’ 

बैठकमा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व सभापति कमल प्रसाद भुसालले सबै नेताकार्यकर्ताहरु संगठन निर्माणमा होमिएको बताउँदै सबैको घरदैलोमा पुगेर क्रियाशिल वितरण गर्ने संगठलाई चलाएमान बनाएको बताए । 

बैठकमा नेपाली कांग्रेस अर्घाखाँचीका उपसभापति बिष्णु प्रसाद भुसाल, बाबुराम पौडेल, सचिव कृष्णप्रसाद खनाल, अच्युत गौतम, कोषाध्यक्ष बिष्णु क्षेत्री, सहसचिव कमल पौडेल लगायत जिल्ला सदस्यहरुले भनाइ राखेका थिए । 

नेताहरुले नेपाली कांग्रेसको अभियानले नेपाली कांग्रेसका गाउँका नेता कार्यकर्ताहरु निकै उत्साह छाएको बताए । 

बैठकले नेपाली कांग्रेस अर्घाखाँचीको पालिका स्तरिय कार्यक्रम तय गरेको छ । बैकले पुस ११ गते छत्रदेव गाउँपालिकाको रासिप भवन पुस  १२ गते भूमिका स्थानको पोखेडाँडा, १३ गते मालारान गाउँपालिकाको  खनदह, पुस १४ गते शितगंगा नगरपालिकाको ठाडा, १५ गते पाणिनी गाउँपालिकाको दुर्गाफाट, पुस १६ गते सन्धिखर्कमा बृहत् कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । 

गाउँपालिका स्तरिय भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सन्जय गौतम लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने र कांग्रेसको गाउँ जाउ अभियानका बारेमा समीक्षा हुने नेपाली कांग्रेस अर्घाखाँचीका सचिव कृष्णप्रसाद खनालले जानकारी दिए ।

सम्बन्धित खबर