२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

‘मिस नेपाल २०२४’को उपाधि होडमा २६ सुन्दरी

shivam cement
२०८१ जेठ १९ गते १८:३०
Shares
‘मिस नेपाल २०२४’को उपाधि होडमा २६ सुन्दरी

काठमाडौं : मिस नेपाल २०२४ को उपाधिका लागि २६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने २६ जना प्रतिस्पर्धीहरुलाई शुक्रबार साँझ ललितपुरमा आयोजित एक समारोहमा स्यास तथा कन्टेस्टेन्ट नम्बर वितरण गरिएको छ ।

प्रतियोगिताका लागि देशभरबाट डेढ सय जनाले अडिसन दिएका थिए । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापित, पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार, पूर्व अध्यक्षहरु सुवर्ण क्षेत्री, सुरेश बहादुर मल्ललगायतले प्रतिस्पर्धि सुन्दरीहरुलाई स्यास वितरण गरेका हुन् । त्यस क्रममा हरेक सहभागिहरुले आफ्नो छोटो परिचय दिएका थिए । 

यसपटक दैलेख, कैलाली, म्याग्दी लगायतका स्थानबाट समेत प्रतियोगीहरु छनोट भएका छन् । काठमाडौं, ललितपुर, पोखरा लगायतका थलोसहित उपत्यकाबाहिरका सुन्दरीले पनि भाग लिएका छन् ।

फाइनलिस्ट प्रतियोगी घोषणासँगै अब सहविधाका प्रतिस्पर्धा आयोजना हुनेछन् । ११ विधामा यसपटक सहविधा सञ्चालन हुनेछन् । मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल अर्थको विधाका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा कानून संकायमा अध्ययनरत सुन्दरीहरुको संख्या पनि बढी छ भने समाजशास्त्र, मानविकी, सूचना प्रविधि, नर्सिङ तथा दन्त चिकित्सा सेवामा सक्रिय भएका सुन्दरीहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

छनोट भएका प्रतियोगीहरुमा आँचल खत्री, अम्बिका राणा, अनिशा मल्ल, अञ्जना पुन, आश्मा कुमारी केसी, दीक्षा अवस्थी, दृष्टि थापा, इभा गिरी, इरिना श्रेष्ठ, करुणा रावत, किम्ती श्रेष्ठ, ललिता सेरबुजा मगर, निभिता चापागाईं, प्रसुना भुसाल, प्रिरविता सिंह स्वाँर, पूजा बराल, राधिका थापा, रोशनी दाहाल, शामिन कोइराला, सायरा खड्का, समीक्षा निरौला, श्रद्धासुमन सिलवाल, सिम्रिका मानन्धर, सुभेक्क्षा कार्की, सुमना केसी र उर्जा नेवा रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर