२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

Nada
२०८१ असार ८ गते २१:२१
Shares
खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

काठमाडौं : एनआइसी एशिया बैंकले ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ ।

ncell

ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत खातामा प्यान अध्यावधिक गर्न आवेदन दिन सक्ने बैंकको भनाइ छ । बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टिडिएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको हो । प्यान अद्यावधिक भएपश्चात करकट्टीको विवरण ई–टिडिएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्छ ।

यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थासमेत अन्त्य गर्ने बैंकले विश्वास छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टिडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा जिम्मेवार नहुने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर