२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने पक्राउ

shivam cement
२०८१ पुष ८ गते १३:४२
Shares
जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने पक्राउ

बाँकेः जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रुपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर