२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य तोलामा २७ सयले घट्यो

Nada
२०८१ असार ९ गते ११:३२
Shares
सुनको मूल्य तोलामा २७ सयले घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।

ताजा खबर

सम्बन्धित खबर