२०८१ पुष १३ गते शनिवार / Dec 28 , 2024 , Saturday
२०८१ पुष १३ गते शनिवार
Ads

इजरायलका लागि स्वास्थ्य परीक्षण गराउन तोकियो ५ अस्पताल

ADV
२०८१ पुष १३ गते ०६:२५
इजरायलका लागि स्वास्थ्य परीक्षण गराउन तोकियो ५ अस्पताल

काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायल जान छनोट भएका कामदारलाई स्वास्थ्य परीक्षण गराउन ५ वटा अस्पताल तोकेको छ । त्यसका लागि नेपाल मेडिसिटी हस्पिटल भैंसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भू र क्रिस्टल डायग्नोस्टिक सिनामंगल तोकिएको वैदेशिक रोजगार विभागले शुक्रबार जनाएको छ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार अर्थात् (केयर गिभर)को रोजगारीमा जान छनोट भएकाहरूले स्वास्थ्य परीक्षण गराउनुपर्ने जनाएको छ ।

उनीहरूले १७ देखि २३ पुससम्म स्वास्थ्य परीक्षण गराउनुपर्ने विभागले जनाएको छ । नेपालले गत ९ कात्तिकमा नेपाली कामदार इजरायल नपठाउने निर्णय गरेको थियो । इजरायलले नेपालबाट २ हजार केयर गिभर लैजान लागेको छ तर इजरायलमा लडाइँ चर्केपछि छनोट भएकाहरू लामो समयदेखि उडानको प्रतीक्षामा छन् ।

इजरायल जान केयर गिभरका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका छन् । त्यसमा १ हजार १५६ महिला र पुरुष ९५६ जना छन् । तीमध्ये पहिलो चरणमा १ हजार जना र बाँकी दोस्रो चरणमा नेपाली लैजाने बताएको छ ।

तर, समयमै नेपालबाट इजरायल पठाउने काम हुन नसक्दा इजरायलको आकर्षक तलबको रोजगारी कतिपयका लागि ठगी गर्ने माध्यम पनि बनेको देखिएको छ । 

इजरायलले नेपालसहित थाइल्यान्ड, फिलिपिन्स, चीन, भारत र श्रीलंकाबाट कामदार लगिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाललाई कामदारको स्रोत मुलुकका रूपमा राख्न आग्रह गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise