एजेन्सी : ब्राजिलियन लेजेन्ड्री खेलाडी पेलेले क्रिस्टियानो रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन् । विश्व फुटबलमा लामो समय देखि चल्दै आएको रोनाल्डो र मेस्सीमा को उत्कुष्ट भन्ने प्रश्नको जवाफ दिँदै पेलेले रोनाल्डो मेस्सी भन्दा उत्कृष्ट रहेको बताए । कोरोना भाइरसका कारण घरमै लकडाउन भइरहेका पेलेले अहिलेको अवस्थामा रोनाल्डो सर्वोत्कृष्ट खेलाडी रहेको बताए ।
उनले मेस्सीलाई पनि कम नआट्न बताए । रोनाल्डो एकनासको खेलाडी भएको र मेस्सी गोल स्कोरर नभएको खेलाडी भएको उनले बताए । उनले कुरै कुरामा अहिले खेलाडीको भ्यालु आफ्नो पालमा भन्दा धेरै रहेको बताए ।
तर अहिलेका खेलाडी भन्दा आफ्नो पालाका खेलाडीहरु उत्कृष्ट रहेको धारणा राखे । साथै उनले रोनाल्डो र मेस्सीलाई आफुसँग तुलना गरिने गरेको, तर उनीहरु भन्दा आफु उत्कृष्ट रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies