२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन बचत वृद्धि योजना’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ असार ९ गते १७:३७
सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन बचत वृद्धि योजना’ सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना सार्वजनिक गरेको छ । आइतबार कम्पनीको प्रधान कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा उक्त नयाँ योजना सार्वजनिक भएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्समा भएका उत्कृष्ट योजनाहरू मध्ये सिटिजन बचत वृद्धि योजना पनि एक हो । थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने यस योजनामा सरिक हुनका लागि न्यूनतम उमेर १८ बर्ष पुगेको हुनु पर्ने छ भने अधिकतम उमेर ५५ बर्ष रहेको छ र यस योजनाको म्याचुरीटी ७० बर्ष सम्ममा हुने व्यवस्था रहेको छ ।

यसअघिको बीमा योजनाहरुमा उमेरको आधारमा बीमाशुल्क फरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरको कारण बीमाशुल्क फरक नहुने कम्पनीले जनाएको छ । यस योजनामा लोयल्टी रिवार्ड समेत समावेश गरिएको छ । 

यस योजनमा बीमाशुल्क भुक्तानी गरे वापत यस योजनाको शर्त तथा बन्देजको अधीनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो सो घटना घटेमा बीमाङ्क रकम वा अकाउन्ट भ्यालु बीमितलाई भुक्तानी गरिन्छ । बीमाङ्क रकम भन्नाले बीमालेख अन्तर्गत बीमितको मृत्यु लाभ निर्धारण गर्नका लागि बीमालेखको अनुसूचीमा उल्लेखित बीमाको रकमलाई बुझिन्छ । अकाउन्ट भ्यालु भन्नाले बीमाशुल्कबाट बीमा रक्षावरण शुल्क, प्रशासनिक खर्चहरु र बीमाशुल्कसंग सम्बन्धित खर्चहरु (यदि भएमा) घटाई, लगानी आय र लोयल्टी रिवार्डलाई जोडी आउने संचित रकम भनेर बुझिन्छ ।

 

ADVADV

सम्बन्धित खबर

Advertise