२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

विराटनगर महानगरपालिका : साढे ३ अर्ब बराबरको बजेट पेस 

draupadi film
मध्यान्ह
२०८१ असार १० गते १३:३०
विराटनगर महानगरपालिका : साढे ३ अर्ब बराबरको बजेट पेस 

मोरङ : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ ।  सोमबार उपमेयर शिल्पा निराला कार्कीले नगर सभामा उक्त बजेट पेस गरेकी हुन् । 

आर्थिक वर्ष २०८०/०८१ का लागि महानगरपालिकाले ३ अर्ब ३६ करोड १७ लाख २५ हजार ६ सय २६ रुपैयाँ बराबरको बजेट  ल्याएको थियो । 

महानगरले चालु आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ६४.१३ प्रतिशत हो । सो खर्चमध्ये चालुतर्फ १ अर्ब २५ करोड ११ लाख र पुँजीगततर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise