२०८२ असार १६ गते सोमवार / Jun 30 , 2025 , Monday
२०८२ असार १६ गते सोमवार
Ads

हतियारसहित भारतीय नागरिक पक्राउ 

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १० गते १४:१७
हतियारसहित भारतीय नागरिक पक्राउ 

रौतहट : रौतहटको महादेव पट्टी नाकाबाट हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।  गस्तीमा रहेको रौतहट सशस्त्र प्रहरीको टोलीले नलकटुवा पेस्तोलसहित भारतीय नागरिक राहुल रामलाई पक्राउ गरेको हो । 

३४४।५ नम्बरको सिमास्तम्भ नजिक गस्तीमा रहेको सशस्त्रको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उनको साथबाट पेस्तोल फेला परेको थियो ।  

भारतको सितामढी जिल्ला अन्तर्गत बैरगनिया अशोगी घर भएका २१ बर्षीय राहुल रामको साथबाट हतियारसहित मोबाईल र मोटरसाईकल पनि बरामद गरिएको प्रहरी उपरीक्षक विक्रम हुमागाईले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise