२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

भरतपुरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

ADV
मध्यान्ह
२०८१ असार १० गते १५:०९
भरतपुरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

चितवन : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख रुपैयाँको बजेट पेस गरेको छ । उपमेयर चित्रसेन अधिकारीले पन्धौं नगर अधिवेशनमा सोमबार बजेट पेस गरेका हुन् ।

आगामी बजेटमा महानगरपालिकाले आन्तरिक आय १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख, संघको राजस्व बाँडफाँडबाट ३२ करोड ४७ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २५ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने बताएको छ । जनसहभागिता र श्रमदानबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६० करोड र सडक बोर्ड नेपालबाट ३ करोड आय हुने बजेटले प्रक्षेपण गरेको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमार्फत आत्मनिर्भर महानगरपालिका, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरवासीको पहुँच वृद्धि, उत्पादनमूलक रोजगारी सिर्जना, दिगो र वातावरणमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ४८ करोड ७९ लाखको बजेट ल्याएको थियो । यो बजेट अहिलेको आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ कम हो । 


 

ADVADV

सम्बन्धित खबर

Advertise