-सन्दिप पौडेल
आजको दिनमा विश्वका करिब एक चौथाई जनसंख्या कुनै न कुनै रुपमा लकडाउनको कारणले गर्दा घर भित्र बस्न बाध्य भएका छन् । धेरै संघ संस्थाका कर्मचारीहरु घरबाटै काम गरीरहेका छन् । सायद सारा बिश्वनै एकै पटक यसरी लकडाउनको अवस्थामा पुगेको इतिहासमा बिरलै पाउन सकिन्छ । यस लकडाउनले संगठनको ब्यबस्थापकिय सिद्धान्त, र कार्य शैलीमा प्रत्यक्ष प्रभाब पार्नसक्ने देखिन्छ । परम्परागत ब्यबस्थापकिय शैलीका कतिपय सिद्धान्तलाई यसले बिस्थापित गर्ने छ । अब ब्यबस्थापकले पनिआफ्नो ब्यब्स्थापकिय गुण र शैलीमा समयनुकुल सुधार गर्न सकेन भने आउट डेटेड हुन सक्छन । कोरोना भाइरसको कारणले उत्तपन्न संकटको कारणले निजी, सार्वजननिक तथा विकाससंग संमव्धित संगठनहरुले काम गर्ने परमपरागत तौरतरिकामा उथलपुथल आउन सक्छ । संगठनहरुमा विशेष सीप र दक्षता भएको नया किसिमको काम थपिन सक्छ भने अर्कोतर्फ कतिपय परमपरागत रुपमागर्दै आएका कामहरु कटौतीमा पर्न सक्छन् ।
विश्वव्यापी कोरना संकटको कारणले ल्याएको जागरणले सार्वजनिक तथा निजी संगठनको प्राथमिकता र उद्धेश्यमाथि पनि प्रभाव पार्न सक्ने देखिन्छ । संकट व्यवस्थापनमा संगठनहरुले खेलेको भुमिकाले संगठनको सफलता र असफलताको मापन गर्दे नेतृत्वको मुल्याकनहुने छ । सुचनाप्रविधिको प्रयोगमार्फत छिटो र सहज सेवाप्रवाह गर्न जनदवाव सृजना हुने छ र परम्परागत रुपमा गर्ने प्रक्रियामुखी कार्यलाई न्युनिकरण गर्ने छ । संगठनमा छिटो छरितो प्रकियामार्फत प्राप्त नतिजाको मुल्याकन हुने भएकोले प्रकिया गौण हुन जानेछ । हाल विश्वव्यापि रुपमा प्रचलनमा रहेको अफिसको काम घरवाट भन्ने अभ्यासले संगठनमा पार्ने प्रभावलाई वृहत रुपमा उल्लेख गर्न सकिन्छ ।
परम्परागत संगठनिक संरचनाको स्वरुप र सिद्दान्तलाई चुनौतीः
हुनत सुचनाप्रविधिको विकास र परिबर्तित कार्यशैलीले ब्यबस्थापनमा परम्परागत संगठनिक संरचनाको स्वरुप र सिद्दान्तलाई सुरुदेखिनै चुनौती दिदै आएको थियो । परम्परागत संगठनिक संरचनाको स्वरुप र सिद्दान्तलाई चुनौती दिन सक्ने गरी कुनै व्यावहारिक प्रयोग हुन सकिरहेको थिएन । कोरोना भाइरसकोले उत्पन्नभएको लकडाउन र अफिस बाहिरबाट काम भन्ने अभ्यासले यसलाई बृहत रुपमा प्रयोगमा ल्याउन सकिएको हो । संगठनको ठाडो स्वरुप, च्याप्टो स्वरुप, फुटबल आकारको स्वरुप, म्याटिरीकस आकारको संगठन यी सबै संगठनको स्वरुपहरु संगठनको रणनीति बनाउने क्रममा कागतमा मात्र सीमित हुनसक्ने सम्भावना छ । यसले पद्सोपान, कर्मचारीको स्थायित्व, अधिकार र उत्तरदाइत्वलाई पुनपरिभाषित गर्न सक्छ । अब कामगर्ने दौरानमा प्रक्रियालाई भन्दा नतिजालाई महत्वदिन सक्छ । कर्मचारीको कामलाई नतिजा संग हेरिने छ र कार्यालय खोल्ने र बन्द गर्ने लाई उप्लाव्धिभन्दा पनि जहाँ बसेर कार्य गरे पनि के नतिजा प्राप्तको लागि आफ्नो समय बेतित गर्नु भयो भन्ने कुराले महत्व पाउन सक्छ ।
अहिलेको कोरोना भाइरसको चुनौतीले संगठनको अस्तित्वलाई मात्र होइन मानब सभ्यताको अस्तित्वलाई नै चुनौती खडा गरेको छ । अब संगठनमा हरेक कर्मचारीको कार्यलाई पुनपरिभाषित गर्ने सक्छ र संगठनमा को ठुलो को सानोभन्दा पनि भर्चुअल संगठनिकको अबधारणाले महत्व पाउन सक्ने देखिन्छ । पदले भन्दा पनि कामको प्रकृति, सिप र ब्यबस्थापकीय कार्य शैली र क्षमताले कर्मचारीको महत्व दर्शाउने छ । अब स्वव्यवस्थापन, स्वमूल्यांकनको अवधारणा संगठनमा वृहद् रुपमा लागू हुने छ ।
सार्वजनिक सेवाप्रवाहको तरिकामा आमूल परिवर्तन हुनसक्छः भनिन्छ कुनै पनि विपदले खाली विनासमात्र लिएर आउदैन यसले बिकास पनि लिएर आउछ । ब्यबस्थापकले भनौ वा सरकारले बर्षौदेखि गर्न नसकेको कामको सुरुवात र नबप्रबर्तन विपद ब्यबस्थापनको क्रममा लागु गर्न सकिन्छ । बिश्वमा यस्ता धेरै उदाहरणहरु छन । जब चिनको वुहान सहरमा कोरोना भाइरसले बिकराल रुप लिदै थियो त्यतिबेला राज्यले पुरा शहरलाई लकडाउन गरि दुर शिक्षामार्फत बालबालिकालाई शिक्षा, दृतगतिमा अस्पतालको निर्माण, मोवाइल एपमार्फत सम्पुर्ण जनताको स्वास्थए सुचनामाथिको पहुच र स्वास्थ्य सेवाको उप्लाब्धता, आधारभूत खाद्य समाग्रीको आपूर्तिमा सहजताको त्रममा सूचनाप्रबिधिको प्रयोग मार्फत जसरी लाखौ जनतालाई सार्बजनिक सेवा प्रबाह गर्न सक्यो त्येसैले आमजनतालाई सार्वजनिक सेवा राज्यले कसरी छिटो, छरितो, सुलभ, र गुणस्तरिय सेवा प्रबाह गर्नु पर्दछ कुरा सारा विश्वलाई सिकाई दिएको छ । यसबाट सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी संगठनलाई एक किसिमको जनदबाब सिर्जना गर्न सक्छ । संकट र कठिन परिस्थितिमा राज्यले कसरी सार्वजनिक सेवा प्रदान गर्ने क्षमता राख्दछ, कसरी व्यवस्थापकिय क्षमताको प्रर्दशन गर्न सक्दछ भने कुराले सरकारको सफलता र असफलताको निर्धारण राख्दछ ।
हालै नेपालमा संकट व्यवस्थापनमा आवश्यक पुर्ब तयारी गर्न नसकेको, आधारभुत सामाग्रीको पुर्व तयारी गर्न नसकेको भनेर विभागिय मन्त्रिको व्यापक आलोचना हुनु र बरु सो पद प्रतिपक्ष्।को कुनै अर्को सांसदलाई दिनु पर्दछ भन्ने आवाज उठनुले पनी यो कुरालाई पुस्टाई गर्दछ । सार्बजनिक सेवाको प्रभावकारिताले सरकारको सफलताको मापन गर्ने आधार तयार हुने छ । अब राज्यले आम जनतालाई हातधोएर खाने गरौ भन्नको लागि लाखौ खर्च गर्न पर्दैन । अबको आबस्कता भनेको हरेक गाउ टोलमा आधारभूत स्वास्थ्य सेवा, शिक्षा, नागरिक सुशाशन प्रभावकारी छ कि छैन भनेर मापन गरिने छ । सार्वजनिक संगठनको प्राथमिकता, कार्यशैली, र जन अपेक्षाविच व्यापक अन्तरसर्घष हुने छ ।
ब्यबस्थापकको दक्षता र कार्यशैलीमा नविनतम गुणको आबश्यकताः
सीमित स्रोत साधनको प्रयोग मार्फत अधिकतम नतिजा प्राप्त गर्न सक्ने क्षमता भएर मात्र सफल ब्यबस्थापक हुन् सकिदैन । संगठन भित्र आकस्मिक रुपमा आउन सक्ने संकटको पूर्व अनुमान, संकट समाधान गर्न सक्ने गरि गरिएको पूर्व तयारी, र संकटको घडीमा संगठनको अस्तित्व बचाउन सक्ने व्यावस्थापकिय क्षमता भएको ब्यक्तिमात्र अब सफल ब्यबस्थापक बन्न सक्छ । संकटको व्यावस्थापन गर्न सक्ने क्षमता व्यवस्थापकको आधारभुत गुण भित्र लिनुपर्दछ । परम्परागत ब्यबस्थापकीय सोच, शैली र नियमित कार्यले मात्र अब ब्यबस्थापकको सफलताको मापन हुन् सक्दैन ।
कार्य संचालन लागतमा कटौती, मिटिङ, सभा, गोष्ठीहरुमा कमी आउन सक्छः
संगठनभित्र हुने सभा, संम्मेलन, मिटिंगहरुअब टेलीकन्फरेन्स मार्फत वृहत रुपमाविस्तार हुने छ । हालै सार्क राष्ट्रहरुको राष्ट्राअक्ष्यहरुले कोरोना विरुद्धको लडाईमा साझा सहकार्य गर्ने गरेको टेलिकन्फ्रेन्ंस होस वा जी २० राष्ट्रहरूले गर्नेलागेको समेलन होस यसले के देखाउँछ भने अबका आउने दिनहरुमा दुइपक्षिय वार्ताहरु टेलिकन्फ्रेन्ंस माध्यमबाट हुने छ । कार्यालय संचालन खर्चहरु जस्तै कार्यालय सहयोगी कर्मचारी, घरभाडा, यातायातखर्च, लेखा कर्मचारीहरुको कार्यको पुनराबलोकन हुन सक्छ । कर्मचारीहरुको लागि आबस्यक ठुला ठुला घर तथा संहयोगी कर्मचारीहरुको लागि दुइ वा दुइभन्दा संगठन मिलेर साझा कर्मचारी साझा कार्यालयको अवधारणाले बिशेष महत्व पाउन सक्छ । प्रबिधिको प्रयोगमा जोड दिँदै नगदरहित वैकिङ सेवाहरुको संचालनमा द्रुतता आउने छ । नगद रहित सेवाहरुको प्रभाकारी उपयोग रविस्तार हुने छ. । समग्रमा भन्नुपर्दा यसले पेपरबिनाको कार्यालयको आबधारणा लाई विस्तार गर्न सहयोग गर्छ ।
कोरानाको संकटले केवलबिनास र निराशामात्रलिएर आको छैन यसले हाम्रो जिबनको कतिपय पक्षमा सकारत्मक प्रभाब पनि पार्दे छ र राजनीतिक, आर्थिक, सामाजिक, सार्बजनिक सेवाप्रबाहको प्रभकारिता, हाम्रो ब्यबहारजन्य आनीबानीमा पनि सकारात्मक प्रभाब पार्दै छ । संगठनिक ब्यबस्थापकिय स्वरुप र शैलीलाई समयनुकुल परिबर्तन गर्दै सेवाप्रबाहलाई छिटो छरितो बनाउन मदतगर्दै छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies