२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस

ADV
मध्यान्ह
२०८१ जेठ २० गते १६:०८
पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस

दाङ : चलचित्र पत्रकार संघ दाङले पश्चिम दाङको शान्तिनगर-३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ गरेको छ । 

बहसमा सहभागी नेपाली चलचत्रिका अभिनेता निखिल उप्रेतीले चलचित्र नै पर्यटन प्रवर्द्धनको सशक्त माध्यम रहेको बताए । “पर्यटन प्रवर्द्धनका लागि चलचित्र नै सबैभन्दा उत्तम र सबैको पहुँच पुग्ने माध्यम हो”, उनले भने । 

कुनै ठाउँको पर्यटनको विकासमा चलचित्र छायाँकनले सहयोग पुग्ने उनको धारणा थियो । नेपालमा धेरै राम्रा ठाउँमा चलचित्र छायाँकन गर्न सकिने भए पनि निर्माताहरुको ध्यान जान नसकेको उनले बताए । “दाङमै पनि फिल्म छायाँकनका लागि राम्रा-राम्रा ठाउँ छन्,” उनले भने, “तर अहिलेसम्म त्यस्ता ठाउँमा फिल्म छायाँकन गर्न सकिएको छैन ।” नेपालको पहिचान, कला, संस्कृति, सभ्यतालाई चलचित्रमार्फत विश्वसामु चिनाउन सकेमा त्यसले पर्यटकको वृद्धि गर्ने उनको भनाइ छ ।

सोही कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो पालिकामा सुकेकोट, छहरा, हारीचारलगायतका क्षेत्रमा चलचित्र छायाँकन गर्न सकिने पर्यटकीय स्थल रहेको जानकारी दिए । कार्यक्रममा संस्कृतिविद् डा गोविन्द आचार्यले पर्यटकीय गन्तव्यहरुको प्रचार गर्न नसक्दा ती क्षेत्र ओझेलमा पर्ने गरेको बताए । कार्यक्रममा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले सबै पालिकाले आ-आफ्नो ठाउँको प्रचार गर्नुपर्ने बताए ।

शान्तिनगर-३ सुइकोट पश्मिम दाङको शक्तिपीठका रुपमा प्रसिद्ध छ । उक्त मन्दिरमा नवदुर्गाको अष्टमीका दिन बलि चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise