२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

असान्ज नजरबन्द मुक्तिको राष्ट्रसंघद्वारा स्वागत

ADV
मध्यान्ह
२०८१ असार ११ गते १६:००
असान्ज नजरबन्द मुक्तिको राष्ट्रसंघद्वारा स्वागत

जेनेभा : संयुक्त राष्ट्रसंघले मंगलबार विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चित रूपमा समाधान गर्ने महत्वपूर्ण कदम भनी प्रशंसा गरेको छ ।

असान्जले संयुक्त राज्यका अधिकारीहरूसँग निवेदन सम्झौतामा पुगेपछि अन्तिम अदालतको सुनुवाइको सामना गर्न तयार थिए, नजरबन्द मुक्तिले उनको वर्षौं लामो काराबास जिवनको अन्त्य गरेको छ । 

“बेलायतमा नजरबन्दबाट जुलियन असान्जको रिहाइलाई स्वागत गरेको बताउदै संयुक्त राष्ट्रसंघको अधिकार कार्यालयकी प्रवक्ता लिज थ्रोसेलले अन्तिम निवेदन सम्झौता अझै स्वीकृतिको प्रतीक्षामा रहेको जनाएकी छिन् ।  

आफूहरूले बारम्बार यो विषय उल्लेख गरिसकेको जनाउदै उनले यो मुद्दाले लामो समय देखि मानव अधिकारको चिन्ताको श्रृङखला खडा गरेको बताइन् । 

प्रशान्त महासागरको उत्तरी मारियाना टापुको अदालतमा दायर गरिएको कागजात अनुसार असान्ज राष्ट्रिय रक्षा जानकारी प्राप्त गर्न र प्रसार गर्न षड्यन्त्रको एकल गणनामा दोषी ठहर गर्न सहमत भएका छन् । उनी बुधवार अदालतमा उपस्थित हुने छन् ।

असान्जको बढ्दो लामो नजरबन्दले पनि चिन्ताको छुट्टै मुद्दा खडा गरेको बताउदै थ्रोसेलले आउँदो दिनमा पनि घटनाक्रमको निरन्तर निगरानी जारी राख्ने बताएकी छिन् ।  

ADVADV

सम्बन्धित खबर

Advertise