२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

ADV
मध्यान्ह
२०८१ असार ११ गते १७:१९
लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

काठमाडौं : नेपालमा विद्युतीयतार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता भएको छ ।  परासीमा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुंगा हुने कम्पनीले जनाएको छ । 

इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउने र  उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टता प्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने अपेक्षा कम्पनीको छ । 

लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले भने ‘हाम्रो दूरदृष्टि र क्षमता माथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदानगर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ ।’

यस्तै इक्विटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले भने ‘हामीले लिट्मस इन्डस्ट्रिजमा गरेको यो लगानी, आफु संलग्न उद्योगको नेतृत्वगर्न सक्ने र  यथास्थितलाई बदल्दै नवप्रवर्तन मार्फत बजारको मागलाई सम्बोधन गर्न सक्ने, उच्च सम्भावना बोकेका अग्रणी कम्पनीहरूलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको एउटा ज्वलन्त उदाहरण हो । हामी  लिट्मस इन्डस्ट्रिजसँग नजिकबाट सहकार्य गर्न र उहाँहरूको सफलतामा योगदान पुर्‍याउन पाउँदा अत्यन्त उत्साहित छौं’

लिट्मस इन्डस्ट्रिज नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो । नेपालीतार, केबल तथा कन्डक्टर उत्पादकहरूमध्ये लिट्मस इन्डस्ट्रिज पहिलो र एक मात्र पब्लिक कम्पनी हो । यस्तै इक्विटी डाइभर्सिफाइड फण्ड, नेपालधितोपत्रबोर्ड (सेबोन) मादर्ता भएको रु ४.५६ अर्बको क्लोज एन्डेड सेक्टर एग्नोस्टिक निजी इक्विटी फन्ड हो । 

ADVADV

सम्बन्धित खबर

Advertise