२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेपालका 'सेक्सिएस्ट मोडल' शेखर सुवेदी

ADV
मध्यान्ह
२०८१ जेठ २१ गते १२:०३
नेपालका 'सेक्सिएस्ट मोडल' शेखर सुवेदी

काठमाडौं : फेशन शोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका कलाकार शेखर सुवेदी 'सेक्सिएस्ट मोडल'को रुपमा परिचित छन् । काठमाडौंमा जन्मिएका शेखरले नेपालकै 'सेक्सिएस्ट मोडल' भनेर ख्याति कमाएका छन् । अभिनयमा डिप्लोमा गरेका शेखरलाई बाल्यकालदेखि नै मोडलिङ र अभिनय क्षेत्रमा रुची रहेको थियो ।

शेखर 'मिस्टर पपुलर अफ नेपाल २०१६'को विजेतासमेत हुन् । उनले मोडलिङ गर्न थालेदेखि चलचित्र, म्युजिक भिडियोमा मात्र नभइ विभिन्न इभेन्ट, पेजेन्ट, रनवेलगायत राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चर्चा बटुले । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यममा उनको बारेमा चर्चा पनि हुने गरेको छ । उनलाई नेपालको 'सेक्सिएस्ट मोडल' भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उल्लेख गरेका थिए भने उनको कतिपय भिडियोमा सोही चरित्र पनि देखिने गरेको पाइन्छ ।

शेखरले 'गाजाबाजा', 'निर्भ'य, 'चीँ मुसी चीँ'लगायतका नेपाली चलचित्र र एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । केही नेपाली चलचित्रमा अभिनय गरिसकेको भए पनि शेखर मुख्य भूमिकामा देखिएका छैनन् ।

चलचित्र क्षेत्रमा अगाडि बढ्न पहिला अभिनय सिक्नुपर्छ भन्ने थाहा पाएपछि यामा थिएटरमा पुगेर आफूले अभिनय सिकेको उनले बताए । अभिनय सिकेपछि नै उनलाई चलचित्रको अफर आउन थालेको थियो ।

उनले 'पहिलो यो माया', 'यह नदिया', 'डिजे लगा गाना बजा', 'भुत', 'ताल ताल ताल', 'तिम्रो लागि नै', 'माया माया'लगायतका म्युजिक भिडियोमा काम गरिसकेका छन् । उनका केही भिडियो आउने क्रममा छन् । सर्ट मुभी 'भ्यालेन्टाइन'मा समेत उनले काम गरे । यस्तै उनी विभिन्न फेशन शोमा मोडलको रुपमा देखिएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise