कपिलवस्तु : कपिलवस्तुको मायादेवी गाउँपालिका–७ हरिरामपुरका ३० वर्षीय निरजकुमार मिश्रालाई स्रोत नखुलेको १५ लाख ७० हजार नगदसहित प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा उनलाई मायादेवी गाउँपालिका–६ स्थित डुमरा चोक नजिकबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार मिश्राले कालो झोलामा साइकलमा लुकाएर रकम बोकेका थिए ।
झोला जाँच गर्दा एक हजार दरका ८ सय ९० वटा, ५ सय दरका १ हजार ३ सय २० वटा, १ सय दरका १ सय ८० वटा र ५० दरका ४० वटा नोटसहित नगद फेला परेको छ ।
पक्राउ परेका मिश्रालाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाउने तयारी भइरहेको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।