
झापा : झापा जिल्लाभरिका मुस्लिम अगुवाहरूको एक विशेष भेलाले नेपाल मुस्लिम समाज, झापा गठन गरेकाे छ ।
बिर्तामोडस्थित होटल आँगनमा सम्पन्न भेलाले मोहम्मद जाहिर रहमानको अध्यक्षतामा १५ सदस्यीय जिल्ला तदर्थ समिति सर्वसम्मत चयन गर्दै समाज गठन गरेको हाे ।
समाजकाे उपाध्यक्षमा सेलेतुन खातुन, सचिवमा साजेमान शेख, सहसचिवमा मोहम्मद इस्लाम अन्सारी र कोषाध्यक्षमा मोहम्मद रफिक चयन भएका छन् ।
तदर्थ समितिका सदस्यहरूमा मोहम्मद गयास अजमल, महताब आलम, मोहम्मद साबिर, मोहम्मद हाशिम, मोहम्मद नाउ, एजाज अहमद अन्सारी, कासिम मियां, मोहम्मद नासिर, फिरदौस अन्सारी र जरिना खातुन चयन भएका छन् ।
समग्र झापावासी मुस्लिमहरूकाे हकहितमा सामाजिक कार्य गर्ने उद्देश्यले समाजकाे स्थापना गरिएको सहसचिव अन्सारीले जानकारी दिए ।