२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

चट्याङ लागेर बुबा छोरीको मृत्यु

Nada
घुरन यादव
२०८३ भदौ ३० गते १९:३३
Shares
चट्याङ लागेर बुबा छोरीको मृत्यु

सप्तरी : सप्तरीको बोदे बरसाईन नागरपालिका वडा नम्बर-१० स्थित खडकपुर गाउँमा चट्याङ लागेर बुबा छोरीको मृत्यु भएको छ ।

चट्याङ लागेर बुबा भोला साह र उनकी छोरी मघुकुमारी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा जानेक्रममा उनीहरुलाई चट्याङ लागेको बोदे बरसाईन इलाका प्रहरी कार्यालयका असई कामेश्वर महतोले जानकारी दिए ।

उनीहरूको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको असई महतोले बताए ।

ताजा खबर

सम्बन्धित खबर