२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

मकवानपुरमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ जना घाइते

Nada
२०८३ भदौ ३० गते १७:२४
Shares
मकवानपुरमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको इभी गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित ४ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइते हुनेमा २ महिला र २ पुरुष रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये २ पुरुष र १ महिलालाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ भने १ जना महिलालाई उपचारका लागि हेटौंडा पठाइएको छ ।

गाडीमा चालकसहित ८ जना सवार रहेको बुझिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर