२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल अस्पतालमा छुट

ADV
मध्यान्ह
२०८१ असार ११ गते २१:०६
समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल अस्पतालमा छुट

काठमाडौं : समृद्धि फाइनान्स कम्पनीका ग्राहकले काठमाडौं बागबजारको क्यापिटल अस्पतालमा सेवामा छुट प्राप्त गर्ने भएका छन् ।

सो विषयमा फाइनान्स र अस्पतालबीचमा समझदारी भएको हो । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पूर्ण शेयर सदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले बुधबारदेखि २०८३ असार ११ गते सम्म समृद्धि मोबाइल बैकिंङ र डेविड कार्ड प्रयोग गरी क्यापिटल अस्पताल बागबजार, काठमाडौंमा स्वस्थ्य उपचार सेवाबापत भुक्तानी गर्दा छुट पाउने छन् ।

सो सुविधाबाट फाइनान्सका सम्पुर्ण शेयर सदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । समझदारी पत्रमा फाइनान्स कम्पनीको तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटल तर्फबाट प्रबन्ध निर्देशक डा अशोकरत्न बज्राचार्यले हस्ताक्षर गरे ।

फाइनान्सका  शेयर सदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटलबाट अर्थोपेडिक, स्त्री रोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, फार्मेसी बेड चार्जमा १० प्रतिशत, अल्ट्रा साउन्ड, प्रयोगशाला सेवामा १५ प्रतिशत र  एक्स–रेमा २० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise