काठमाडौं : नेपाल एसबिआई बैंकले नेपाल भारतमैत्री पुस्तकालयलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाको कास्कीमा रहेको नेपाल भारतमैत्री पुस्तकालयलाई सहज रूपमा सञ्चालन गर्न ३ लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिनबहादुर गरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको जनाएको छ ।