कपिलवस्तुः कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका–१ मडाहा बस्ने ४२ वर्षीय गणेश प्रसाद यादव र रूपन्देही तिलोत्तमा नगरपालिका–१२ बस्ने २८ वर्षीय श्री बहादुर छन्त्याल रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एडि ०१३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गणेशलाई ४ लाख रूपैयाँ र पैदलयात्री श्री बहादुरलाई २ लाख रूपैयाँसहित पक्राउ गरेको थियो ।
साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अर्घाखाँची पाणिनी गाउँपालिका–३ बस्ने २८ वर्षीय बिर बहादुर कुमाललाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।