२०८१ माघ ९ गते बुधवार / Jan 22 , 2025 , Wednesday
२०८१ माघ ९ गते बुधवार
Ads

सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते १३:१७
सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

काठमाडौंः अवैध रूपमा संकलन गरी लैजान लागेको करिब १९ ग्राम ९ सय ८० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री १ थान, ल्यापटप १ थान र मोबाइल २ थानसहित रामेछाप सुनापाती गाउँपालिका–३ घर भएका २६ वर्षीय आदित्य योञ्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुको सिक्री, ल्यापटप र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise