२०८१ फागुन ६ गते मङ्गलवार / Feb 18 , 2025 , Tuesday
२०८१ फागुन ६ गते मङ्गलवार
Ads

यु-१९ महिला टी-२० विश्‍वकप : नेपाल समूह चरणबाटै बाहिरियो

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते १५:३३
यु-१९ महिला टी-२० विश्‍वकप : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं : नेपाल आईसीसी यु-१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल जितविहीन हुँदै प्रतियोगिताबाटै बाहिरिएको हो ।

समूह डी मा रहेको नेपाल बुधबार समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनायो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् भने अलिशा यादवले ९ रनको योगदान दिइन् । यस्तै साना प्रविनले ८ रन बनाउँदा सिमाना केसीले ६ रन बनाइन् । सावित्री धामीले ७ रन बनाइन् ।

अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले २-२ विकेट लिए भने कोल एइन्सवर्थले १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रन बनाइन् । इलियनर लारोसाले ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले ८ रन बनाइन् । नेपालका लागि पुजा महतोले ३ विकेट लिइन् भने सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् । 

ADV

सम्बन्धित खबर

Advertise