२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दलित बालबालिकालाई झोला वितरण

shivam cement
२०८१ माघ ९ गते १७:०७
Shares
दलित बालबालिकालाई झोला वितरण

सर्लाही : नेपाली कांग्रेसकी युवा नेतृ एवं मधेस प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले सर्लाहीका विपन्न एवं दलित समुदायका बालबालिकाहरूलाई स्कुल झोला वितरण गरेकी छिन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किशनपुर गाउँस्थित दलित एवं विपन्न वर्गको समुदायमा नेतृ थापाले १ सय विपन्न तथा दलित समुदायका बालबालिकाहरूलाई स्कुल झोला वितरण गरेकी हुन् ।

मधेस प्रदेशको स्वास्थ्य विभाग प्रमुख समेत रहेकी महिला नेतृ थापाले चिसोको मौसममा आर्थिक अभावका कारण विद्यार्थीहरू विद्यालय जाँदा पाठ्यपुस्तक एवं कपी राख्न झोलाको अभाव रहेको हुँदा वितरण गर्न पाउँदा निकै खुसी लागेको बताइन् । 

आर्थिक अभावका कारणले ब्याग किन्ने पैसा नहुँदा विद्यार्थीहरू हात र झोलामा किताब, कापी राखेर पढ्न जाने गरेको गुनासो आएपछि पैसाको कमजोरीले झोला किन्न नसक्ने गरिब तथा विपन्न परिवारका बालबालिकालाई आफूले आफ्नो निजी लगानीमा झोला खरिद गरी उपलब्ध गराएको उनले बताइन् ।
 

ताजा खबर

सम्बन्धित खबर