२०८१ फागुन ३ गते शनिवार / Feb 15 , 2025 , Saturday
२०८१ फागुन ३ गते शनिवार
Ads

कवाड व्यवसायीहरुमाथि दमन गरेको भन्दै जसपाद्वारा ध्यानाकर्षण

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते १७:१५
कवाड व्यवसायीहरुमाथि दमन गरेको भन्दै जसपाद्वारा ध्यानाकर्षण

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीहरुको सुरक्षा र स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन नेपाल सरकारसँग माग गरेको छ ।

बुधबार पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौं व्यक्तिहरुलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय कार्य भएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।  

‘कवाड व्यवसायीहरु नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि सञ्चालित रहेको र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरुसमेत तिर्दै १ लाखभन्दा बढी व्यक्तिहरुले रोजगारी पाएको अवस्था छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कवाड व्यवसायीहरुले देशमा सञ्चालित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको जसपा नेपालको ठहर छ ।
 

ADV

सम्बन्धित खबर

Advertise