२०८१ माघ ९ गते बुधवार / Jan 22 , 2025 , Wednesday
२०८१ माघ ९ गते बुधवार
Ads

कर्णालीमा सहमतिमा टुंगियो समितिको नेतृत्व

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते १८:५२
कर्णालीमा सहमतिमा टुंगियो समितिको नेतृत्व

सुर्खेत : कर्णाली प्रदेशसभाका तीन वटा संसदीय समितिको नेतृत्व सर्वसम्मत चयन भएको छ ।

लामो समयदेखि रिक्त रहेका प्रदेशसभामा ४ वटा विषयगत समितिहरू छन् । प्रदेशसभाका ३ प्रमुख राजनीतिक दलहरूले सहमतिका आधारमा समिति सभापतिको टुंगो लगाएका हुन् ।

विषयगत समितिका सभापति टुंगो लगाउन प्रदेशसभाले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । सो अनुसार बुधबार उम्मेदवारको मनोनयन दर्ताको तालिका थियो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार ३ वटै समितिमा १–१ जनाको मात्रै उम्मेदवारी परेको बताए ।

रिक्त रहेका सार्वजनिक लेखा समितिको सभापतिमा विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दक्षिणाकुमारी शाही र सामाजिक विकास समितिको सभापतिमा पूर्णबहादुर खत्रीको उम्मेदवारी परेको छ ।

प्रमुख तीन राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले लिएको छ भने अर्थ तथा प्राकृतिक स्रोत समिति सरकारको नेतृत्व गरिरहेको एमाले लिएको छ ।

यस्तै, सामाजिक विकास समिति सत्ता साझेदार दल नेपाली कांग्रेसले लिएको छ । ४ मध्ये प्रदेश मामिला समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का कल्याणी खड्का छन् । समितिको नेतृत्व नहुँदा संसदीय समितिहरूका बैठक बस्न सकेका छैनन् ।

ADVADV

सम्बन्धित खबर

Advertise