२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

प्रभु बैंक र मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

ADV
मध्यान्ह
२०८१ असार १२ गते १३:४७
प्रभु बैंक र मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

काठमाडौं : प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटलका सञ्चालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख/शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

मुस्ताङ जिल्ला नेपालको गण्डकी प्रदेश धौलागिरी अन्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको नामबाट चिनिने यो जिल्ला धौेलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ । प्राकृतिक,सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण मुस्ताङ जिल्ला नेपालको हिमाली जिल्लाको रुपमा पनि प्रख्यात छ । मुक्तिनाथ, कागबेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम, मार्फा, ढुम्बाताल, लेतेजस्ता प्राकृतिक एवम् लोमान्थाङजस्ता सांस्कृतिक रुपमा परिचित मुस्ताङ स्याउ, आलु, फापर, सिमि जस्ता कृषि उत्पादनले पनि प्रख्यात छ । 

विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमालपारिको इतिहास बोकेको एक रमणीय, धार्मिक र अलौकिक जिल्लाका रुपमा पनि मुस्ताङ जिल्ला चिन्न सकिन्छ भने अन्नपूर्ण पदयात्रा, थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रुपमा पनि लिन सकिन्छ ।

स्वदेश तथा विदेशबाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ । मुस्ताङमा विश्वमै अति दुर्लभ हिमचितुवा, च्यांग्रा, भेडा, चौंरी गाई, घोडा जस्ता जनावरहरु देख्न सकिन्छ भने विभिन्न जातिका भेषभुषामा सजिएर तस्बिर खिचाउने यहाँका पर्यटकका लागि अर्को रोचक विषय पनि हो । 

सो सम्झौताबमोजिम बैंकका कर्मचारी तथा ग्राहकले आवास तथा खानामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौता भएका होटहरुमा होटल डी पुराङ मुक्तिनाथ, इयुरिका इन मुक्तिनाथ, होटल ग्राण्ड साम्बाला, मुक्तिनाथ होटल सनराइज, होटल मण्डलालगायत ११ वटा रहेका छन् । 

हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवम् वित्तीय सेवा प्रवाह गरिरहेको छ । प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ । 
 

ADVADV

सम्बन्धित खबर

Advertise