२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

फिल्ली क्याफे : अन्तर्राष्ट्रिय स्वादको चिया अनुभव अब नेपालमा

ADV
मध्यान्ह
२०८१ असार १२ गते १४:०२
फिल्ली क्याफे : अन्तर्राष्ट्रिय स्वादको चिया अनुभव अब नेपालमा

काठमाडौं : एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा.लि.ले चियाको पारखी तथा नेपाली चियाको संस्कारलाई विश्व बजारमा प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीहरु माझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्राण्ड फिल्ली क्याफे नेपालमा भित्र्याएको छ ।

क्याफेको पहिलो आउटलेट १४ अप्रिल २०२३ मा काठमाडौंको लाजिम्पाटमा खुलेको थियो भने अहिले लाजिम्पाटसहित ठमेल, बौद्ध तथा लबिम मल पुलचोकमा गरी ४ आउटलेट विस्तार गरिएको छ, जसको एक कार्यक्रमका बीच औपचारिक समुद्घाटन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि फिल्ली क्याफेका संस्थापक सीईओ रहिफ फिल्ली, फिल्ली क्याफे नेपालका सञ्चालकद्वय नविन खड्का र धुब्र रिजाल, फिल्ली क्याफे नेपालका महाप्रबन्धक बिक्की खड्का, विशेष अतिथि महानायक राजेश हमाल, विशेष अतिथि क्रिकेटर सोमपाल कामीलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

फिल्ली क्याफेले चियाको पारखीहरुका लागि ४ वटा शाखाहरुमार्फत सेवा सञ्चालनमा ल्याएको छ । चााँडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखा विस्तारसहित आगामी ५ वर्षमा नेपाल अधिराज्यभर २५ वटाभन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक खड्काले जानकारी गराए । 

युवाहरुको बढ्दो विदेशिने क्रमलाई मध्यनजर गर्दै स्वदेशमै हस्पिट्यालिटी बिजनेशमा रोजगारीको अवसर सिर्जना गरी युवाहरुलाई स्वदेशमै स्वाबलम्बन हुन अभिप्रेरित गर्ने उद्देश्यसहित दक्ष जनशक्ति र सीप अभिमुखिकरणका लागि फिल्लीका आउटलेटहरुले अवसर प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । यसबाहेक आफ्नै बेकरी उत्पादन, सेंटल किचेन र बारिस्टा कोर्सहरुको पनि तयारी भइरहेको कम्पनीका सञ्चालक रिजालले बताए । 

सो अवसरमा विशेष अतिथि महानायक राजेश हमालले जैविक उत्पादन र ताजा पारम्परिक तरिकामा पकाइएको खाना, उत्कृष्ट सेवा र आकर्षक इन्टेरिएर एवम् कोलाहलमुक्त वातारणले गर्दा आफू यस क्याफेको नियमित ग्राहक भएको बताए । 

यस्तै कार्यक्रममा रफिह फिल्लीले काठमाडौंमा फिल्ली क्याफे ल्याउन पाउँदा आफूहरु हर्षित रहेको बताउँदै चिया पारखीहरुका लागि क्याफे आकर्षक गन्तव्य बन्नेमा विश्वास रहेको बताए । 

दुबईमा एक सानो स्थानीय क्याफेको रूपमा शुरू भइ चिया प्रेमीहरूलाई सेवा गर्दै, हाल १५ वटा देशमा आफ्नो चेन विस्तार तथा स्थापित गरिसकेको फिल्ली अहिले चियाको लागि प्रतिष्ठित नाम बनिसकेको छ । फिल्ली यसको सिग्नेचर ’जाफ्रान टी’ को लागि परिचित छ, जुन चियाको अनुपम मिश्रण हो ।

साथै फिल्ली क्याफेमा विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि पाइने कम्पनीले जनाएको छ । आइस्ड चिया, मिल्कशेक मकटेल, बन कबाब, स्यान्डविच, मोमो लगायतका मेनुले भारतीय तर मध्य पूर्वी खानाका स्वादहरु पनि फिल्ली क्याफेमा पाइने कम्पनीको भनाइ छ । फिल्ली क्याफे यूएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, भारत र मौरिससमा गरी करिब १५ वटा देशमा रहेको छ भने नेपालमा ४ वटा शाखा सञ्चालनमा रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise