काठमाडौं : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्णाली प्रदेशका ७५ जना नयाँ संक्रमित थपिएका हुन् । सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ४१ जना दैलेखका छन । दैलेखको नारायण नगरपालिकाका साथै महाबु, सिमडा, सोत, सादु, जुकेपानी र दुल्लुमा संक्रमित थपिएका हुन । संक्रमितमध्ये दुल्लुका दुई जना महिला छन । यस्तै १९ जनामा संक्रमित भेटिएका छन् । उनीहरु हिमा र सिंजा गाउँपालिकाका हुन् ।
संक्रमित मध्ये दुईजना जिल्ला प्रहरी कार्यालयका प्रहरी रहेका छन् । सल्यानमा दश संक्रमित थपिएका छन । संक्रमित सबै बनगाड कुपिण्डेका हुन । सुर्खेतको बारहतालका पाँच जनामा पनि संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies