२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीको प्रदर्शन 

ADV
मध्यान्ह
२०८१ असार १२ गते १४:२०
कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीको प्रदर्शन 

काठमाडौँ : राष्ट्र बैंकले सुन भन्सारमा गरेको कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरू व्यवसाय बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । काठमाडौँको न्यूरोडका सुनचाँदी व्यवसायीले बुधबार सुन आयातमा लगाएको कोटा र भन्सारमा गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् ।

उनीहरूले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी व्यवसायीहरू र कालिगढहरूलाई बिस्तापित गर्न पाइदैन’, ‘१५ प्रतिशत भन्सार दरबाट २० प्रतिशत भन्सार वृद्धि दर खारेज गर’, ‘पुरानै भन्सार दर लागु गर’, लगायतका प्लेकार्डहरू बोकेका थिए ।

व्यवसायीहरूले न्यूरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शन गरेका थिए । राष्ट्र बैंकले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोसम्म आयात गर्न पाउने गरी व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार बढेर २० प्रतशत पुगेर महँगो पर्न गएको व्यापारीहरूको गुनासो छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise