२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

मध्यान्ह
२०८१ माघ १० गते १३:१६
एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

काठमाडौंः नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ (एनआरएन)हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि  एनआरएनहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्म विपरित रहेको बताएका हुन् । उनले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाए ।

संसारभर रहेका एनआरएनए नेताहरुले सरकारद्वारा हालै जारी अध्यादेशमा गैरआवासीय संघले नेपाली नागरिकता लिइसकेका एनआरएनहरुलाई दश वर्ष निःशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन् ।

ADV

सम्बन्धित खबर