२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लक्ष्मी सनराइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

Nada
२०८१ असार १२ गते १४:४९
Shares
लक्ष्मी सनराइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

काठमाडौं : लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानानान्तरणमार्फत सेवा विस्तार गरेको छ । 

ncell

काठमाडौं महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका २ शाखाहरुमध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानानान्तरण गरिएको छ ।  

स्थानानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानानान्तरण भएसँगै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज हुने विश्वास बैंकले लिएको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले बताएको छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर