२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

बाक्लो हुस्सु र शीतलहरका कारण सर्लाहीको जनजीवन कष्टकर

draupadi film
घनश्याम बलम्पाकी
२०८१ माघ ११ गते १२:३१
बाक्लो हुस्सु र शीतलहरका कारण सर्लाहीको जनजीवन कष्टकर

सर्लाही : कठ्यांग्रिदो जाडो र शीतलहरका कारण सर्लाहीको जनजीवन कष्टकर बन्दै गएको छ । एक सातादेखि सुरु भएको बाक्लो हुस्सु र अत्यधिक तुसारो परिरहेकाले जिल्लाको जनजीवन कष्टकर बन्दै गएको हो ।

माघ महिना सुरु भएसँगै जाडो बढ्दा बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, अशक्त, असहाय प्रभावित भएका छन् । ‍बाक्लो हुस्सु र तुसारोका कारण बस्तुभाउ तथा बालीनाली जोगाउन मुस्किल परेको किसानहरूको गुनासो छ । अत्यधिक चिसोका कारण सडक, बजारमा मानिसको चहलपहल पनि कम देखिन्छ ।

अहिले धेरैजसोमा चिसोका कारण रुघाखोकी, ज्वरो, टाउको, छात्ती तथा घाँटी दुख्ने, कोल्ड डायरिया, शरीर कमजोर भएको महसुस हुने जस्ता स्वास्थ्य समस्या बढेकाले सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् ।

बाक्लो हुस्सु लागेर नजिकैको दृश्य देख्न समेत मुस्किल रहेकाले सडकमा हिँड्ने यात्रु तथा सवारी साधनलाई यात्रा गर्न पनि अप्ठ्यारो भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही नवलपुरका प्रहरी निरीक्षक रजोस घिमिरेले हुस्सु लागेको समयमा सवारी साधनको गति सीमित गर्न र बत्ती बालेर मात्रै सवारी साधन चलाउन चालकहरूलाई आग्रह गरेका छन् । उनले हुस्सु लागेको समयमा भिजिबिलिटी कम हुने भएकाले दुर्घटना न्यूनीकरण गर्नका लागि उखु ढुवानी गर्ने सवारी साधनको पछाडि सचेतनामूलक टल्किने ब्यानर राख्न अनिवार्य गराइएको जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार माघको दोस्रो साताबाट सुरु भएको कठ्यांग्रिदो जाडो र शीतलहरका कारण सर्लाहीको जनजीवन कष्टकर बन्दै गएकाले आफूले सबै पालिका प्रमुख र डिभिजन वन कार्यालयलाई नागरिकको समस्यामा संवेदनशील भइदिन आग्रह गरेको बताए । 

ADV

सम्बन्धित खबर

Advertise