काठमाडौं : एमाले निकट राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला शनिबार हुँदैछ । भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने छन् ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भेलाको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा संघका महासचिव सुमन पुरीले बताए ।
युवा संघले भेलामा सहभागी हुन सबै जिल्लाबाट ११ सयभन्दा बढी प्रतिनिधिहरू छनोट गरेको छ । महासचिव पुरीले भने, ‘युवालाई रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने सवालमा भेला फलदायी हुनेछ ।’