२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

ADV
मध्यान्ह
२०८१ असार १२ गते १७:१३
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी : लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१-८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।

प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ३८ अर्ब ९७ करोडको बजेट पेस गरेका थिए । 

आगामी वर्ष आन्तरिक राजस्वमार्फत रु सात अर्ब ५१ करोड र सङ्घबाट रु १२ अर्ब एक करोड र सङ्घबाट सलामी दस्तुरबापत रु ५० करोड र स्थानीय तहबाट रु दुई अर्ब ९२ करोड प्राप्त हुने अनुमान छ ।

ADVADV

सम्बन्धित खबर

Advertise