२०८१ माघ १३ गते आइतवार / Jan 26 , 2025 , Sunday
२०८१ माघ १३ गते आइतवार
Ads

देउताको भर पर्दा आमा–शिशुकै मृत्यु

hardik ivf
दिलमाया शाही
२०८१ माघ १२ गते ०६:३०
देउताको भर पर्दा आमा–शिशुकै मृत्यु

जुम्ला : नेपाली समाजमा अन्धविश्वासको अर्को डरलाग्दो खाडल अझै पुरिन बाँकी रहेको थुप्रै उदाहरण भेट्न सकिन्छ । त्यसको एक उदाहरण हो– जुम्ला तातोपानी गाउँपालिका–१, मा नवजात शिशुसँगै सुत्केरीको मृत्यु प्रकरण । 

३० वर्षीय मुगा शाहीलाई २ माघ साँझ सुत्केरी ब्येथाले च्यापेको थियो । माइती पक्षले यस्तो सूचना थाहा पाएका थिए । मुगाका भाइ धिरेन्द्र डाँगीका अनुसार सुत्केरी ब्येथा लागेको थाहा पाएपछि सहयोग गर्ने जाने तयारी चलिरहेको थियो । 

तर मुगाका श्रीमानले ठीक भइसक्यो भन्ने सूचना पठाए । ‘९ बजे भिनाजुले (प्रेम शाही) तल्लाका घरका देउता–धामी ल्याएर झारफुक ग¥यौं, सञ्चो भइसक्यो भनेपछि हामी सुत्यौं’ धिरेन्द्रले भने, ‘फेरि बिहान ४ बजेतिर भिनाजुले दिदीलाई सञ्चो भएन भनेर खबर गर्नुभयो ।’ 

सुनार गाउँका मुल धामी (गोगन डाँगी) लिएर आउनु भन्ने सूचना पठाए । सूचना अनुसार बिहान ५ बजे धामी पुग्यो । देउताका धामी पुग्दा सुत्केरी मुगा बेहोस अवस्थामा थिइन् । 

सुनारगाउँ धामी गोगनले अस्पताल लैजान भने । तातोपानी गाउँपालिका–२ का जग रावतका अनुसार देउताको भरमा परेर भोलिपल्ट बेहोस् भएपछि मात्र अस्पताल लगिएको थियो ।

३ माघमा बेहोस मुगालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भर्ना गरिएको थियो । तर आईसीयूमा रोखर उपचार थालिएको मुगा बाँच्न सकिनन् । 

बिहीबार विहान ८ बजे मुगाको मृत्यु भयो । स्त्री रोग विशेषज्ञ डा. कविता शाहका अनुसार मुगाको मृत्यु शिशुसँगै भयो । तातोपानी गाउँपालिका–१, की स्वयमसेविका छुम्कली सार्कीले मुगालाई छिटो अस्पताल लैजान भनेको बताइन् । 

उनका अनुसार मुगाको पहिलो सन्तानको पनि मृत्यु भएको थियो । दोस्रो सन्तानकी रुपमा जन्मिकी छोरी ८ वर्षकी छन् । मरेकी शिशु तेस्रो सन्तान हुन् ।

तातोपानी गाउपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले यो बिषयमा जानकारी नभएको बताए । ‘गाउँपालिकामा एम्बुलेन्स छ, तर एक्कासी मृत्युको खबर सुने’, उनले भने । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise