२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

सरकारले राम्रो गरेको देख्न नसक्नेहरु सलबलाएका छन् : महासचिव पोखरेल

shivam cement
मध्यान्ह
२०८१ माघ १२ गते १६:०५
सरकारले राम्रो गरेको देख्न नसक्नेहरु सलबलाएका छन् : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको  खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरु प्रशस्तै रहेको बताएका छन् ।

शनिबार  राष्ट्रिय कार्यकर्ता भेला २०८१ मा बोल्दै उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैंभरी अस्थिरतामा रमाउन खोज्नेहरुको कमी नभएको बताएका हुन् ।

उनले भने, ‘जतिबेला मुलुक निराशाको  खाडलबाट  बाहिर निकल्ने  प्रयत्न गरिरहेको छ । मुलुकलाई  आर्थिक संकटबाट बाहिर निकाल्ने जमर्को भइरहेको छ र नेपालका उद्योगी व्यवसायीहरु अब नेपालमा नै  केही हुन्छ की  भनेर  आशा प्रकट गरिरहेको  अवस्था छ । यही सन्दर्भलाई ध्यानमा राखेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले  गरिरहेका राम्रो काम देख्न नचाहने सधैंभरी अस्थिरतामा रमाउन खोज्ने, नेपाललाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरु फेरी एकपटक सलबलाएर एमाले  र त्यसको नेतृत्व विरुद्धमा चौतर्फी घेराबन्दी एवम आक्रमण गरिरहेका छन् ।’

साथै उनले नेकपा एमालेको नेतृत्वले  सरकारले  जनतामा आशा जगाएको बताए । उनले सरकारले  जनतामा आशा संञ्चारित गरेको र विकास र निर्माणका कामहरुले तीव्रता पाइरहेको बताए । 

ADV

सम्बन्धित खबर

Advertise