२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सरकार सबै मोर्चामा असफल : प्रभु साह

Nada
२०८१ माघ १२ गते २०:५०
Shares
सरकार सबै मोर्चामा असफल : प्रभु साह

चितवन : आम जनता पार्टी(आजपा) निकट आइटी आर्मीको चितवन जिल्ला भेलाले १ सय ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । 

ncell

चितवन भरतपुरमा शनिबार भएको जिल्ला भेलाले नितेश साहको अध्यक्षतामा १ सय ११ जिल्ला कमिटी गठन गरिएको आइटी आर्मीका संगठन विभाग प्रमुख आर्या पाण्डेले बताए ।

यस्तै भेलाले प्रदीप कुमार साहको अध्यक्षतामा ५३ सदस्यीय भरतपुर महानगर कमिटी समेत गठन गरेको छ ।

कार्यक्रममा  आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भइसकेकाले विकल्प खोज्ने बेला आएको बताए । 

प्रधानमन्त्री ओलीको बोली, व्यवहार र काम मुलुकलाई अध्यारोतर्फ धकेलिने खालको भएको उनले टिप्पणी गरे । अध्यक्ष साहले सुशासन कायम गर्न र आर्थिक सुधार गर्ने सवालमा सर्वाधिक असफल भएको ओली सरकारको विकल्प खोज्नमा ढिलाइ गर्न नहुने बताए । 

‘संविधान र संसद्ले नचिन्ने राजनीतिक संयन्त्रको आतंक बन्द गर्नुहोस् । दुई तिहाईको दम्भ भ्रष्टाचारी जोगाउने आधारस्तम्भ बनाइएको छ । आवरणमा संविधान संशोधन भनियो, तर व्यवहारमा संविधानको चिरहरण गरियो,’ अध्यक्ष साहले भने, ‘ओली सरकारले अध्यादेश अघि–अघि अनि संसद् पछि–पछि बोलाउने काम गर्दै राज्यको ढुकुटी लुट्ने काम गरिरहेको छ । विचौलियाको सेटिङमा बनेको सरकार विचौलियाकै लागि काम गरिरहेको छ ।’

उनले विदेश सम्बन्ध धुमिल बनेको उल्लेख गर्दै बीआरआई फ्रेमवर्क सम्झौता ऋणको पासो त होइन भन्ने बहस हुन थालेको बताए । 

‘विपीको सिद्धान्त बोकेको नेपाली कांग्रेस र मदन भण्डारीको लिगेसी भएकाहरु किन केपी ओलीको सती जान लागेको हुन् ?’, उनले आश्चर्यका साथ प्रश्न गर्दै भने, ‘कुनै देश खुशी पार्ने बहानामा अरु देशलाई चिढ्याउने काम नहोस् ।’

भेलामा आजपाका महासचिव त्रिभुवन साह, आइटी आर्मीका संगठन विभाग प्रमुख आर्या पाण्डे, नेताहरु उमेश कुशवाहा, विजय यादव निर्विज लगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर