२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रहरीका कारण यारी भन्सार कार्यालयबाट राजस्व संकलनमा समस्या

ADV
ओबराज शाही
२०८१ असार १२ गते १९:५२
प्रहरीका कारण यारी भन्सार कार्यालयबाट राजस्व संकलनमा समस्या

हुम्ला : चीनको पुराङ काउन्ट्रिरी बजारबाट नेपालमा आयत हुने सामानको राजस्व उडाउन समस्या भएको छ । हुम्लाको यारी नाका भान्सार कार्यालयमा चीनका बजारबाट आयत हुने  सामानको राजस्व उडाउन नेपाल प्रहरी र सशत्र प्रहरीका कारण राजस्व संकलन गर्न समस्या भएको यारी भान्सार कार्यालय हुम्लाले जनाएको छ । 

चीनको पुराङ काउन्ट्रिरीबाट आउने सामान नेपाल प्रहरी र सशस्त्र प्रहरीले गेटमै सामानको बोरा खोलेर सामान गन्ती गर्न थालेपछि भन्सारलाई राजस्व उडाउन समस्या भएको हो । 

चीनबाट प्रति व्यक्ति एक बोरा सामान मात्र ल्याउन दिइन्छ । नेपालमा ल्याउँदा नेपाल प्रहरी र सशस्त्रको ज्याजतीले राजस्व तिर्ने व्यापारीले राजस्व नतिरेर जाने र प्रहरी र सशस्त्रले आफैँले राजस्व संकलन गर्न लाग्दा यो समस्या देखिएको व्यापारीहरुको गुनासो छ । 

प्रहरी र सशस्त्र प्रहरीको काम भनेको चीनबाट आयत हुने सामानमा कुनै अवैध सामान छ कि भनेर चेकजाँच गर्नुपर्ने हो, तर कति सामान ल्याउनु भो ?, भन्दै व्यापारीको सामान खोलेर एक÷एक गरी खोली  सामान गन्ति गर्न थालेपछि व्यापारीलाई दुःख हुने, फेरि सामान प्याक गर्नुपर्ने र दुःख दिन थालेपछि व्यापारीले राजस्व नतिरेर आउने गरेको यारी भान्सार कार्यालयको दाबी छ । चीन र नेपाल बीचमा कर्णाली नदी छ । कर्णाली नदी वारी नेपाल पर्दछ, भने वारी नै भान्सार कार्यालय छ । भन्सार कार्यालय नपुग्दै बीचमा प्रहरी र सशस्त्रले भन्सार उठाउन खोज्दा भन्सार उठाउन भन्सार कर्मचारीलाई समस्या भएको देखिन्छ । 

हिल्साबाट सदरमुकाम सिमकोट सामान जाने सडकमा भन्सार काटेको छ ?, या छैन नेपाल प्रहरी र सशस्त्रले हेर्नुपर्ने भएपनि त्यो सडकमा भने कुनै प्रहरी र सशस्त्र देखिँदैनन् ।  चीनबाट आयात हुने गेटमा मात्र नेपाल प्रहरी र सशस्त्र प्रहरी देखिन्छन्, तर जुन ठाउँमा राजस्व संकलन भएर सम्बन्धित ठाउँमा गए÷नगएको र विल हेर्ने काममा कुनै वास्ता नगरेको देखिन्छ । सामान ल्याउने व्यक्तिले राजस्व कार्यालयमा गएर कर्मचारीले राजस्व काट्नु पर्ने भएपनि प्रहरी र सशस्त्र प्रहरीले गेटमै दुःख दिँदा सामान खोलेर गन्दा धेरै झन्झट हुने र व्यापारी र प्रहरीबीच विवाद हँुदा सामान ल्याउने व्यक्तिले राजस्व तिर्न नमाने देखिन्छ । 

व्यापारीहरु भन्छन्, ‘प्रहरी र सशस्त्रको काम के हो बुज्नु पर्ने हो ?,राजस्व  भन्सार कार्यालयले उठाउनुपर्ने हो, तर भन्सार कार्यालय नभए जस्तो प्रहरी र सशस्त्र प्रहरीले राजश्व उठाएका छन् ।’

यता भन्सार कार्यालयका कर्मचारीहरु भने सामान गन्ती गर्ने काम आफुहरुको भएको बताउँछन् । कर्मचारीहरु भन्छन्, ‘सामान गन्ती गर्ने काम हाम्रो हो, हामी आफैँ गन्ती  गर्छौं भन्दा प्रहरी र सशस्त्रले मान्दैनन् ।’ उक्त भन्सार कार्यालयबाट वैशाखयता करिब ५ लाख भन्दा बढी राजस्व संकलन भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise