२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

सक्रिय देउवा

hardik ivf
जानकी पाठक
२०८१ माघ १३ गते ०६:४५
सक्रिय देउवा

काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशनको समय नजिकिँदै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सक्रियता बढेको छ । कांग्रेस प्रमुख सत्तारुढ दल हो । वर्तमान सरकारको जग नै कांग्रेस हो । 

तर कांग्रेस भित्र समेत सरकारको कामकारबाहीलाई लिएर प्रश्न छ । भूराजनीतिक प्रेसर पनि छ । विपक्षी दलहरूले पनि वैकल्पिक सरकार खोज्न स्वभाविक हो । तर यो बेला कांग्रेस सभापति देउवा सरकारको कामको गति बढाउनेगरी निरन्तर सक्रिय भइराखेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामलाई लिएर भएको आलोचनाको बचाउ गर्दै देउवाले गठबन्धनमा समस्या नरहेको सन्देश दिइरहेका हुन् । 

शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरे । छलफलमा सभापति देउवाले संसद्मा एक स्वरका साथ एउटै आवाज उठाउन निर्देशन दिए  । 

संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का हुन पनि निर्देश छ । संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो । संसद् छलेर सरकारले अध्यादेश ल्याएको भन्दै कांग्रेसकै कतिपय  नेताबाटसमेत आलोचना भइरहेको छ ।

तर कांग्रेस सभापति देउवा अध्यादेशको पक्षमा छन् । देउवाले अध्यादेशको पक्षमा एकढिक्का हुन सबैलाई निर्देशन समेत दिए । देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग दोस्रो पटक औपचारिक रुपमै छलफल गरेका हुन् । पार्टीका पदाधिकारी र मन्त्रीहरूसँग निरन्तर संवाद गरिरहेका देउवा सरकारको गति बढाउन चाहन्छन् । यसअनुसार प्रस्तुत हुन सांसदहरूलाई समेत उनको निर्देशन छ । 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा प्रस्तुत हुने विधेयक, अध्यादेश तथा आउँदै गरेका विधेयकबारे गहन छलफल भएको बताए । 

उनले भनेका छन्, ‘संसद्मा प्रस्तुत हुने विधेयक, अध्यादेश तथा आउँदै गरेका विधेयकबारे गहन छलफल भएको छ । सरकारको कामकारबाहीको विषयमा समेत समीक्षा भएको छ । आगामी योजना र कामको गति बढाउने विषयमा कुरा भएको छ ।’ 

शनिवार पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका कांग्रेस सभापति देउवाले आइतबार संसदीय दलको बैठक बोलाएका छन् । 

कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ । संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । 

यही १८ माघबाट संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

अधिवेशनमा प्रस्तुत हुने नीति, सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका, तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल हुनेछ । 

प्रमुख सचेतक घिमिरेका अनुसार सरकारले अध्यादेशमाथि असन्तुष्टि भए पार्टीभित्र राख्न भनिएको छ । यो विषयमा समेत संसदीय दलको बैठकमा छलफल हुनेछ । शनिबार समेत यो विषयमा छलफल भएको छ । प्रमुख सचेतक घिमिरेका अनुसार सरकारले ल्याएका अध्यादेशबारे कांग्रेसभित्र रहेका केही असन्तुष्टि  छन् । असन्तुष्टि संसदीय दलको बैठकमै प्रस्तुत गर्न भनिएको छ ।  बाहिर प्रस्ततु हुँदा एकढिक्का हुने पार्टीको नीति हुनेछ । 

ADVenergy

सम्बन्धित खबर

Advertise