२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

नेपाली दूतावासद्वारा साउदीमा मागपत्र प्रमाणीकरणको नयाँ शुल्क सार्वजनिक

Nada
२०८१ माघ १४ गते ०६:३०
Shares
नेपाली दूतावासद्वारा साउदीमा मागपत्र प्रमाणीकरणको नयाँ शुल्क सार्वजनिक

रियाद, साउदी अरेबिया : साउदी अरेबियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको नयाँ शुल्क सार्वजनिक गरेको छ । दूतावासले सूचनामार्फत २५ जना कामदारको मागपत्र प्रमाणीकरणको फाइलका लागि ९४० साउदी रियाल, २६ देखि १०० जनाको डिमान्ड भएको फाइलका लागि १ हजार १२५ साउदी रियाल र १०० जनाभन्दा बढीको फाइलका लागि १ हजार ३१५ रियाल शुल्क लाग्ने बताएको छ ।

ncell

त्यसैगरी मागपत्रसँग सम्बन्धित कागजात सच्याउनका लागि पुनः पेश गरेकोे अवस्थामा ३७५ साउदी रियाल शुल्क लाग्ने दूतावासले बताएको छ । दूतावासले उक्त शुल्क २६ जनवरीदेखि नै कार्यान्वयनमा आएको बताएको छ । दूतावासले यसअघि प्रमाणीकरणका लागि लाग्ने शुल्क खण्डीकरण गरेपछि व्यवसायीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमार्फत असन्तुष्टि जनाएका थिए ।  संघको निरन्तरको दबाब र आग्रहपछि दूतावासले नयाँ शुल्क सार्वजनिक गरेको बताइएको छ ।

राजदूतले नेपालबाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुटमेन्ट एजेन्सी (म्यानपावर कम्पनी)लाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क अनिवार्यरुपमा उपलब्ध गराउने गरी मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्ने व्यवस्था यसअघि मार्च १, २०२१ देखि लागू गरिएको दूतावासले बताएको छ । उक्त सेवा शुल्कसम्बन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने दूतावासले यसअघि नै सार्वजनिक गरेको छ ।

सम्बन्धित खबर