काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज बिहान ११ः०० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयवस्तु, सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन र अन्य महत्त्वपूर्ण निर्णयहरूका विषयमा छलफल हुने जनाइएको छ ।
यस बैठकले सरकारको पछिल्लो रणनीति र निर्णयप्रति थप स्पष्टता ल्याउने विश्वास लिइएको छ ।