२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

क्यानाडा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

shivam cement
२०८१ माघ १५ गते १८:३२
Shares
क्यानाडा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

मोरङः क्यानाडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया जोगवनी ग्राम पंचायत–३ बस्ने २३ वर्षीय केशव यादव, मोरङ कटहरी गाउँपालिका–३ बस्ने २२ वर्षीय रोहित कुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, बिराटनगर महानगरपालिका–८ बस्ने २३ वर्षीय करण भन्ने अमीत राय र पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २५ वर्षीय बोधराज राजवंशी रहेका छन् । 

उनीहरूले २ जना पीडितहरूलाई क्यानाडा पठाइदिन्छु भनि विभिन्न विदेशी मोबाइल नम्बरहरूबाट खोलिएको ह्वाट्सएपबाट कल गरी भिषा प्रयोजनका लागि आवश्यक कागजातहरू समेत पठाई प्रलोभनमा पारी विभिन्न बैंक खातामा पटकपटक गरी ६६ लाख ६७ जार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर