मलेसिया : मलेसियाको एक अदालतले स्टाफ हाउसमा सँगै बस्ने सहकर्मीलाई गम्भीर चोट पु¥याएको अभियोगमा एक नेपाली कामदारलाई २ वर्ष कैद र ३ कोर्राको सजाय सुनाएको छ ।
क्लिनरको रूपमा कार्यरत पवन धिमालले सहकर्मीले चुरोट नदिएपछि आक्रोशित भइ भान्सामा रहेको फ्राइङ प्यानले सहकर्मीको टाउकोमा गत मे १३ तारिकमा पटक–पटक प्रहार गरेका थिए । पीडितको टाउकोमा गम्भीर चोट लागेको थियो ।
अत्यधिक रक्तस्रावको कारण घाइतेको शल्यक्रिया र सघन हेरचाह एकाइमा १४ दिनसम्म उपचार गर्नुपरेको थियो । प्रहरी अनुसन्धानका क्रममा धिमालले पीडितलाई कुटपिट गरेको स्वीकार गर्दै आफूलाई चुरोट दिन अस्वीकार गरेका कारण आफूले कुटेको बताएका छन् । आक्रमणमा प्रयोग गरिएको फ्राइङ प्यान प्रहरीले बरामद गरेको थियो ।