२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्दै रास्वपा

hardik ivf
मध्यान्ह
२०८१ माघ १६ गते १७:२९
अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्दै रास्वपा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यादेशको अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले संसद छलेर ल्याएकाले अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेर प्रतिनिधि सभा नियमावली विपरीत निलम्बन गरेको विषयमा पनि विरोध जनाउने उनले बताए ।

उनले भने, ‘उहाँको सांसद पद निलम्बन भएको छ । त्यो प्रतिनिधि सभाको नियमावली र संविधानसँग मिल्दैन । उहाँलाई अन्य मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको छ । त्यो संविधानको विपरीत छ। हामीले चाँडै न्याय पाउँछौँ। उहाँ चाडै संसद फर्किनुहुन्छ । त्यसैले हामी अहिले दलको उपनेताबाटै कामकारबाही अघि बढाउँछौँ ।’ उनले आजको बैठक पनि उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बसेको बताए ।

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise