२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

हिंसात्मक प्रदर्शनपछि केन्या सरकारले फिर्ता लियो विधेयक

ADV
मध्यान्ह
२०८१ असार १३ गते १०:३७
हिंसात्मक प्रदर्शनपछि केन्या सरकारले फिर्ता लियो विधेयक

काठमाडौं : हिंसात्मक प्रदर्शनपछि केन्या सरकारले कर वृद्धिको व्यवस्थासहितको विधेयक फिर्ता लिएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विधेयक फिर्ता लिने निर्णय गरेका हुन्  ।

केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले केन्याका जनताले यो विधेयक नचाहेको स्पष्ट भएको बताए । विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुटोले भने, ‘म हार स्वीकार गर्छु ।’

संसदले कर वृद्धिको व्यवस्थासहितको विधेयक पास गरेलगत्तै प्रदर्शनकारीले संसदमा आगजनी गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिँदा गत मंगलबार २२ जनाको मृत्यु भएको थियो ।

विधेयक पारित भएपछि आन्दोलनले हिंसात्मक रूप लियो र आन्दोलनकारी संसद्‍मा प्रवेश गरी आगजनी समेत गरेका थिए ।आन्दोलनकारीलाई रोक्न सेनासमेत परिचालन गरिएको थियो । तर, जनताको चर्को विरोधलाई ध्यानमा राख्दै राष्ट्रपतिले विधेयक फिर्ता लिने घोषणा गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise