२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

कृष्णनगरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

draupadi film
शहबाज खान
२०८१ माघ १६ गते २१:०५
कृष्णनगरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कपिलवस्तु : कृष्णनगर नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा सामुदायिक तथा गैरनिजी विद्यालय गरी कुल ११ विद्यालय सहभागी भएका छन् । तीन दिनसम्म चल्ने यस प्रतियोगितामा कबड्डी, भलिबल, हाइजम्प, दौडलगायत १४ विधाका खेल समावेश छन् ।

प्रमुख अतिथि पूर्वसांसद अभिषेक प्रताप शाहले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नेपाल प्रहरीका नायब महानिरीक्षक उमा चतुर्वेदी, आरती देवी चौधरी, वैभव प्रताप शाह, वडाध्यक्ष सगीर अहमद खां, वडाध्यक्ष नूर मोहम्मद, वडाध्यक्ष जमील खां, नगर उपप्रमुख सल्लाहकार भरत किशोर चौधरी (भूलन चौधरी) विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको अध्यक्षता नगर प्रमुख रजत प्रताप शाहले गरेका थिए भने सञ्चालन शिक्षा शाखा प्रमुख बलराम पन्थीले गरेका थिए ।

पूर्वसांसद शाहले खेलकुद विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अत्यावश्यक रहेको बताए । उनले भने, “खेलकुदले अनुशासन, आत्मनिर्भरता र प्रतिस्पर्धी भावना विकास गर्छ । विद्यार्थीहरूले अध्ययनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।”

नेपाल प्रहरीका नायब महानिरीक्षक चतुर्वेदीले युवाहरूलाई सामाजिक सञ्जालको दुरुपयोगबाट जोगिन सुझाव दिइन् । उनले भनिन्, “विद्यार्थी जीवन अत्यन्त महत्वपूर्ण समय हो । तपाईंहरूकै मिहिनेतले भोलिको नेपाल निर्माण हुनेछ । कोही नेता, कोही डाक्टर, कोही इन्जिनियर बन्नेछन् । त्यसैले पूर्ण लगनका साथ आफ्नो भविष्य निर्माण गर्नुपर्छ ।”

नगर प्रमुख शाहले नगरपालिकाले खेलकुद प्रवर्द्धनलाई प्राथमिकता दिइरहेको बताए । उनले भने, “स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य छ। नगरपालिकाले खेलकुद पूर्वाधार तथा गतिविधिहरूलाई अझ मजबुत बनाउनेछ ।” साथै उनले कृष्णनगरलाई नमुना नगर बनाउन शिक्षक तथा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

आयोजक समितिका अनुसार प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदप्रति प्रेरित गर्ने तथा उनीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise